पासा खेलिरहेका चारजना जुवाडे रंगेहात पक्राउ

पासा खेलिरहेका चारजना जुवाडे रंगेहात पक्राउ

जुवा खेलिरहेका चारजना जुवाडे खालबाटै समातिएका छन् । दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवा खेलिरहेको अवस्थामा स्थानीय ७२ वर्षीय रामशरण खत्रीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । 

विशेष सुराकीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो दिउँसो नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ५२ हजार ३ सय ४५ रुपैयाँ नगद, १६ थान पासा गोटी, ३ थान पासा डण्डी र १ थान पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड बरामद गरेको छ । 

 पक्राउ परेका चारैजनाउपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू