मूर्ति चोर फेला परे

मूर्ति चोर फेला परे

पुरातात्विक मूर्ति चोरेका फरार प्रतिवादी तीर्थ डंगोल समातिएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २० बस्दै आएका ६९ वर्षीय उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

जिल्ला अदालत ललितपुरले २०७४ वैशाख २५ गते पुरातात्विक मूर्ति चोरी मुद्दामा दोषी ठहर गर्दै उनलाई दुई वर्ष कैद गर्ने फैसला सुनाएको थियो । सोही फैसलालाई उच्च अदालत पाटनले २०७४ फागुन १५ गते सदर गरेको थियो । 

तर, अदालतको फैसलपछि फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भक्तपुरको सूर्यविनायकबाट अस्ति नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला अदालत ललितपुर पठाइएको छ ।

टिप्पणीहरू