अटेरी ठेकेदार कम्पनीहरुलाई सात दिनको अल्टिमेटम

अटेरी ठेकेदार कम्पनीहरुलाई सात दिनको अल्टिमेटम

ठेक्का ओगटेर निर्धारित समयमा काम नगरेका एक दर्जनबढी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ । 

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगरेका १३ निर्माण कम्पनीलाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण दिन भनेको हो । अन्यथा, कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ । 

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा नयाँ निर्माण सेवा, नव निर्माण विल्डर्स, आर्भन कन्स्ट्रक्सन, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, इपिक कम्प्युटर्स टे«डर्स, बुढाथोकी निर्माण सेवा, माबोहांग निर्माण सेवा हुन् । 

त्यस्तै, समृद्ध निर्माण सेवा, जय भगवती निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, त्रिवेणी निर्माण सेवा, एस कन्स्ट्रक्सन, बीकेबी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि, श्री चेतना÷युकेएन जेभी र जोशी विज हाउस प्रालिलाई पनि कार्यालयले स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । 

आज सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘यसअघि पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावधि दिएको तर ३० दिन बित्दासमेत स्पष्टीकरण नबुझाएकाले थप सात दिनको समयावधि दिइएको छ ।’

साथै, तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राखिने व्यहोरा उल्लेख छ ।

टिप्पणीहरू