१४ दिनको छोराको हत्यापछि राजधानी छिरेका नुरआलम फेला

१४ दिनको छोराको हत्यापछि राजधानी छिरेका नुरआलम फेला

नवजात शिशुको हत्या गरी फरार भएका नुरआलम अंसार समातिएका छन् । बाराको देवताल गाउँपालिका वडा नम्बर ४ तिप्राडी घर भएका उनलाई प्रहरीले पक्रेको जानकारी दिएको छ । 

जेठ १४ गते बेलुकी ५ बजे उनी आफ्नै १४ दिनको नवजात छोराको हत्या गरेपछि फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो बेलुकी २५ वर्षे उनलाई काठमाडौंको चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

टिप्पणीहरू