थुनुवा छुटाइदिने प्रलोभनमा ठग्दै हिँडेका व्यक्ति प्रहरी खोरमा

थुनुवा छुटाइदिने प्रलोभनमा ठग्दै हिँडेका व्यक्ति प्रहरी खोरमा

कारागारमा रहेका थुनुवा छुटाइदिने प्रलोभनमा रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई समातेको छ । 

सिन्धुपाल्चोकको चौतारा नगरपालिका १ घर भई हाल भक्तपुरको मध्यपुर थिमी बस्दै आएका ४२ वर्षीय सञ्च तामाङ पक्राउ परेका हुन् ।

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेका थुनुवालाई छुटाइदिने प्रलोभनमा थुनुवाका परिवारसँग पटक पटक गरेर चार लाख रुपैयाँ उठाएको तथ्य खुलेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनलाई काठमाडौंको बानेश्वरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू