घर फोरेर धनमाल सबै चोरी

घर फोरेर धनमाल सबै चोरी

उदयपुरको त्रियुगा नगरपालिकास्थित एक स्थानीयको घरमा चोरी भएको छ । 

त्रियुगा नगरपालिका–९ शिवालयका ३५ वर्षीय दिपक कार्कीको घरमा गएराति चोरी भएको हो । प्रहरीका अनुसार दिपकको घरबाट गहना, नगद, मोबाइल गरी करिब सवा चार लाख रुपैयाँ बराबरको धनमालको चोरी भएको छ । 

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू