सरकार बनाउन काँग्रेससँग कुरा गरेको छैन : ओली

सरकार बनाउन काँग्रेससँग कुरा गरेको छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ढालेर अर्को बनाउनेबारे नेपाली काँग्रेससँग कुरा नभएको बताउनुभएको छ । 

काँग्रेससँग मिलेर एमालेले सरकार बनाउने भित्रभित्रै प्रयास गरिरहेको चर्चा चलिरहेका बेला आज चितवन पुगेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले नयाँ गठबन्धन बनाउने विषयमा काँग्रेससँग कुनै कुरा नै नभएको प्रष्ट पार्नुभयो ।

सरकारका सम्बन्धमा काँग्रेससँग आफूले कुरा नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका दोस्रो तहका नेतामार्फत् कुराकानी गरिएको भए आफ्नो जानकारीमा नरहेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू