सचिव समातिएपछि पूर्व मुख्यसचिवको टिप्पणी : उपल्लो निर्णयकर्तालाई केरकार खोई ?

सचिव समातिएपछि पूर्व मुख्यसचिवको टिप्पणी : उपल्लो निर्णयकर्तालाई केरकार खोई ?

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि पूर्व मुख्यसचिवले मुख खोलेका छन् । पूर्व मुख्यसचिव विमल कोइरालाले शाखा अधिकृत हुँदा लेखेको टिप्पणीको आधारमा सचिव भएपछि पक्राउ गर्नुलाई ‘ठीक’ नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन् । उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाइ समात्नु ठिक भएन ।’ पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुm सचिवहरु, मुख्यसचिव, सहसचिवहरुको संलग्नतामा भएको उक्त काण्डमा त्यतिबेलाका शाखा अधिकृतलाई कसूरदार ठहराइएकोमो उनले रोष प्रकट गरेका हुन् । कोइरालाको आशय पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यसचिव र सचिवहरुलाई केरकार र आवश्यक कारबाही गर्नुपर्ने भन्ने देखिन्छ ।

उक्त प्रकरणमा जोडिएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी) ले राउतलाई हिजो नियन्त्रणमा लिएको हो । उनीमाथि भौतिक मन्त्रालयमा शाखा अधिकृत हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

यो प्रकरणमा पाँच पूर्वसचिवसहित चार सयभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित नौ जनालाई सिआइबीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

कोइराला २०५९ असोज ५ गतेदेखि २०६२ भदौ १५ गतेससम्म मुख्यसचिव थिए ।

टिप्पणीहरू