प्लास्टिकको झोला प्रयोग गरे कारवाही गर्ने काठमाडौँ महानगरको चेतावनी

प्लास्टिकको झोला प्रयोग गरे कारवाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले प्लास्टिकको झोला प्रयोग नगर्न आग्रह गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । 

विभागले प्लास्टिकजन्य सामग्रीबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न साउन १ गतेदेखि लागू हुने गरी प्लास्टिकको पुष्पगुच्छा, माला तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री, वितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सोही निर्णय स्मरण गराउंदै महानगरले यस्तो आग्रह गरेको हो ।  

विभागले प्लास्टिकको झोलाको विकल्पमा कागज तथा कपडाको झोला प्रयोग गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणलाई सुझावसमेत दिएको छ । 

साथै, अनुगमन टोलीले निरीक्षणको क्रममा तोकिएको कार्य कार्यान्वयन नभएको पाइएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने महानगरको चेतावनी छ ।
 

टिप्पणीहरू