विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

आगामी प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ । आज सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले उहाँलाई नयाँ प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की पर्सिदेखि अनिवार्य अवकाशमा जाने हुनुभएकाले आज नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस भएको हो । 

श्रेष्ठ सर्वोच्चमा बहालरत १४ जना न्यायाधीशमध्ये वरिष्ठताको आधारमा पहिलो नम्बरमा हुनुहुन्छ ।

टिप्पणीहरू