प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएको एमाले अध्यक्षको आरोप

प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएको एमाले अध्यक्षको आरोप

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठमा गर्नुभएको भारत भ्रमणमा व्यक्तिगत स्वार्थलाई अघि सार्दै राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएको आरोप लगाउनुएको छ । उहाँले पार्टीको परराष्ट्र मामिला विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त धारणा राख्नुभएको हो । 

प्रधानमन्त्रीको भनाई छ, ‘सत्ता स्वार्थ प्रधान भयो, राष्ट्रिय स्वार्थ प्रधान भएन’, । मुलुकको प्रधानमन्त्रीले गरेको विदेश भ्रमणमा थुप्रै गल्ती र कमजोरी भएको उहाँको दाबी छ ।

ईपीजी प्रतिवेदन र नेपालको मिचिएको भूमिबारे प्रधानमन्त्रीले भारतीय पक्षसँग कुरै राख्न नसेकेको उहाँको ठहर छ । आफ्नो भूमि मिचिएको सम्बन्धमा छिमेकीसँग कुरा नराख्नु गम्भीर कमजोरी भएको ओलीको भनाई छ ।
 

टिप्पणीहरू