राष्ट्र बैंकले एलसीको सीमा बढाएपछि आयात खुकुलो हुने

राष्ट्र बैंकले एलसीको सीमा बढाएपछि आयात खुकुलो हुने
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन एलसी अर्थात् प्रतितपत्रको विद्यमान सीमा बढाएको छ । यसअघि अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिनेमा अब एक पटकमा अमेरिकी डलर ६० हजारसम्मको सेवा वा वस्तु आयात गर्न सकिन्छ । त्यसैगरी भारतीय रुपैयाँमा तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था गरिएको बताइएको छ ।

बैंकले एकीकृत परिपत्र–२०७९ मा गरेको संशोधनपछि उक्त व्यवस्था लागु भएको हो । ‘एक पटकमा अधिकतम अमेरिकी डलर साठी हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिनेछ । यस व्यवस्थाबमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपश्चात् सोही निर्यातकर्ताबाट अर्को सिपमेन्टको वस्तु आयातका लागि सटही सुविधा प्राप्त गर्न तोकिएको शर्त पूरा गर्नुपर्नेछ,’ नयाँ व्यवस्थामा भनिएको छ । 

बैंकले विदेशी मुद्राको सञ्चितिमा बढोत्तरीसँगै सीमा बढाएको हो । अहिले वस्तु आयातका लागि राख्नुपर्ने धरौटी रकमको सीमा पनि घटाइएको छ ।
 

टिप्पणीहरू