चीनका विदेशमन्त्री नजिकैका तीन देशको भ्रमणमा

चीनका विदेशमन्त्री नजिकैका तीन देशको भ्रमणमा

चिनियाँ विदेशमन्त्री वाङ यी दक्षिणपूर्वी एसियाका तीन वटा मुलुकको भ्रमणमा निस्केका छन् । उनले आजदेखि सिंगापुर, मलेसिया र कम्बोडियाको भ्रमण थालेका हुन् ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता माओ निङका अनुसार वाङको यी तीन वटा मुलुकको भ्रमणपछि चीनसँगको रणनीतिक संवाद थप उचाईमा पुग्ने छ । उनले भनिन्, ‘चीन–सिंगापुरको सम्बन्ध नयाँ विशेषताका साथ कार्यान्वयनमा जाने छ । मलेसिया र कम्बोडियासँग द्विपक्षीय सम्बन्धमा ठोस प्रगति र नयाँ उचाई हासिल हुँदै बेल्ट एण्ड रोड सहयोगमा थप स्तरोन्नती हुने छ ।’

चीनले यी तीन वटै मुलुकको भ्रमणपछि चीनसँगको साझा विकास, समग्र विश्वको सुरक्षा, विश्वव्यापी सभ्यता, क्षेत्रीय आर्थिक विकास र पुनरुत्थान, शान्ति तथा अमनचयनको प्रत्याभूति हुने विश्वास लिएको छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू