वडाध्यक्षद्वारा आत्महत्या, श्रीमतीलगायतलाई सामाजिक सञ्जालमा सन्देश
गुल्मीमा एक जना वडाध्यक्षले आत्महत्या गरेका छन् । मुसिकोट नगरपालिका– १ का ४५ वर्षीय वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका हुन् ।
आज बिहान ५ बजे सामाजिक सञ्जालमा सन्देश लेखेपछि उनी रुखमा झुण्डिएको बताइन्छ । सामाजिक सञ्जालको स्ट्याटस देखेपछि स्थानीय र प्रहरीले खोजतलास गरेका हुन् । घिमिरे नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे, घर परिवार, साथीभाइ, शुभचिन्तक सबैप्रति माफी चाहन्छु । अल बिदा ।’
टिप्पणीहरू