बनस्थलीमा बसको ठक्कर, मोटरसाइकलमा सवार दुई जनाको निधन
काठमाडौंको बनस्थली नजिकैको ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना.५ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको बताइएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा र अर्का ३२ वर्षीय रामकुमार भारती रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । दुर्घटनामा ९ वर्षीया बालिका अनिशा थापा गम्भीर घाइते छिन् । उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू