प्रचण्ड र माधव नेपालमाथि खनिए केपी ओली, पूर्वमा उत्पात मच्चाएको आरोप

प्रचण्ड र माधव नेपालमाथि खनिए केपी ओली, पूर्वमा उत्पात मच्चाएको आरोप
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालमाथि साम्प्रदायिक दंगा फैलाएको गम्भीर आरोप लगाउनुभएको छ । 

भक्तपुरको कौशलटारमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कोशी प्रदेशमा साम्प्रदायिक हिंसा भड्काउन भूमिका खेलेको आरोप लगाउनुभयो ।
कोशीका जनजातिहरुलाई भिडाएर उत्पात मच्चाएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको दावी छ । 

‘उफ्रेका को छन् भन्दा राई,किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल,माधवकुमार नेपाल ।’

‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्,’ उहाँले भन्नुभयो, ‘उफ्रेका को छन् भन्दा राई,किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल,माधवकुमार नेपाल ।’ 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर र ताली बजाउन खोजिरहेको पनि ओलीको आरोप छ ।

टिप्पणीहरू