अटेरी ठेकेदारलाई सरकारको एकहप्ते पुर्जी

अटेरी ठेकेदारलाई सरकारको एकहप्ते पुर्जी
सुन्नुहोस्

तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने एक दर्जनभन्दा बढी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगरेका १४ निर्माण व्यवसायीलाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण दिन भनेको हो । 

स्पष्टीकरण मागिएका निर्माण व्यवसायीमा श्री वैष्णवी एण्ड लोकेन्द्र सप्लायर्स, श्री साफबोन वाटर सर्भिस, श्री अनामिका कन्स्ट्रक्सन, श्री पारस निर्माण सेवा, श्री शारदा कन्स्ट्रक्सन कम्पनी, श्री रुमानि निर्माण सेवा, श्री त्रिवेणी निर्माण सेवा, श्री कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स हुन् । 

त्यस्तै, श्री ग्रिन वल्र्ड जेएस कन्स्ट्रक्सन, श्री एसिन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेल्ट प्रालि, श्री एमएस सीआईपीईएल हेदरावाद, श्री प्रान्जल निर्माण सेवा, श्री गौरती भिमसेन निर्माण सेवा र श्री भावेश कन्स्ट्रक्सन प्रालिसँग पनि स्पष्टीकरण मागिएको छ । 

कार्यालयले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘उक्त निर्माण व्यवसायीलाई यसअघि पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावभित्र दिएको तर ३० दिन बित्दासमेत स्पष्टीकरण नबुझाएकाले थप सात दिनको समयावधि दिइएको छ ।’

तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू