सेनाले गर्यो बाटोमा अलपत्र तीर्थयात्रीहरुको उद्धार

रसुवाको गोसाईंकुण्ड जाने क्रममा बिरामी भएका तीर्थयात्रीहरुको उद्धार गरिएको छ । नेपाली सेनाले गोसाईंकुण्ड यात्रामा बाटोमै बिरामी भएका दुई जनाको उद्धार गरेको जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका १६ की ४३ वर्षीया मसिनी तामाङ्ग र उदयपुरको कटारी नगरपालिका २ की ५५ वर्षीया ज्योति राईलाई रसुवामा तैनाथ फौजले पिठ्युँमा बोकेर र स्ट्रेचरमा हालेर सुरक्षा वेश चन्दनबारी ल्याएको थियो ।
त्यसपछि उनीहरुको प्राथमिक उपचार गरिएको सेनाले जानकारी दिएको छ ।
टिप्पणीहरू