प्रधानमन्त्री र एमाले अध्यक्षबीच एक घण्टा भेटवार्ता

प्रधानमन्त्री र एमाले अध्यक्षबीच एक घण्टा भेटवार्ता
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टा लामो कुराकानी भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि भेटवार्ता भएको हो । 

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पौने २ बजे प्रधानमन्त्रीको कार्यालय पुग्नुभएको बताइन्छ । लगत्तै उहाँहरु दुई जनाबीच छलफल भएको हो ।

भेटघाटपछि अध्यक्ष ओली पौने ३ बजेको समयमा सिंहदरबारबाट बाहिरिनुभएको थियो ।

टिप्पणीहरू