दुई वटा ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग

दुई वटा ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग

नेपाल विद्युत प्राधिकरणले दुई वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो । 

निर्देशनालयले स्पष्टीकरण पेश गर्न सात दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र स्पष्टीकरण पेश नगर्नेको ठेक्का सम्झौता रद्द गर्ने निर्देशनालयको चेतावनी छ । 

‘पटकपटक लिखित तथा मौखिक ताकेता गर्दासमेत कुनैको तोकिएको अवधिभित्र कार्य पूरा नभएको र कुनैको हालसम्म कार्य शुरु नै नभएको तथा सन्तोषजनक नदेखिएकोले सार्वजनिक खरिद ऐन २०६३ (सं.स.) को दफा ५९ को उपदफा ७, दफा ६३ को उपदफा १ (ग) सार्वजनिक खरिद नियमावली २०६४ (सं.स.) को १२८ र ने.वि.प्रा आर्थिक प्रशासन विनियमावली २०६८ (सं.स.) को विनियम २०५ बमोजिम ठेक्का सम्झौता रद्द गर्ने नपर्ने कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी स्वयम् उपस्थित भई स्पष्टीकरण पेश गर्नुहुन’, सूचनामा उल्लेख छ । 

स्पष्टीकरण सोधिएकामा सल्यानको श्री तारुपरे निर्माण सेवा एण्ड सप्लायर्स र दोलखाको सुनिता एण्ड कविता कन्स्ट्रक्सन प्रालि हुन् । तारुपरेले बझाङको केदारस्यु गाउँपालिकामा विद्युतीकरण र कञ्चनपुरको लालपुर सबस्टेशनदेखि महेन्द्रनगर बजार सबस्टेशनसम्म ३३ केभी लाइन निर्माण कार्यको ठेक्का पाएको थियो । त्यस्तै, सुनिता कन्स्ट्रक्सनलाई डडेल्धुराको बुडरदेखि जोगबुढासम्म ३३ केभी लाइन निर्माणको ठेक्का दिइएको थियो ।

टिप्पणीहरू