बालकुञ्जका शिक्षकलाई उत्कृष्ट शिक्षकको सम्मान

बालकुञ्जका शिक्षकलाई उत्कृष्ट शिक्षकको सम्मान
सुन्नुहोस्

ललितपुरको एक विद्यालयका शिक्षकले उत्कृष्ट शिक्षकको सम्मान पाएका छन् ।

महालक्ष्मी नगरपालिका–८, लुभुस्थित बालकुञ्ज सेकेण्डरी स्कुलका शिक्षक नवराज आचार्य संस्थागत विद्यालयको तर्फबाट उत्कृष्ट विषय शिक्षकबाट सम्मानित भएका हुन् ।

विगत नौ वर्षदेखि शिक्षण पेशामा लागेका उनी सो विद्यालयका संयोजक तथा नेपाली शिक्षक हुन् । २०७९ को एसईई परिक्षामा उक्त विद्यालयका विद्यार्थीहरुले नेपाली विषयमा उत्कृष्ट अंक ल्याएका थिए । त्यसैलाई मूल्याङ्कनको आधार बनाई शिक्षक आचार्यलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ । 

हिजो यूनाइटेड स्कुल इमाडोलमा आयोजित ‘उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मान’ कार्यक्रममा शिक्षक आचार्यलाई सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले नगरभित्र सञ्चालित विद्यालयका ८ विषय शिक्षकलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू