कृषिका कर्मचारी घण्टीवालासँग मिसिएपछि...

कृषिका कर्मचारी घण्टीवालासँग मिसिएपछि...

डोटीको पूर्वीचौकी गाउँपालिकाले एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवाअन्तरगत कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको हो । उनी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन् ।

उनलाई अस्ति असोज ६ गते पूर्वीचौकी गाउँपालिका वडा नं. ४ को कार्यालय परिसरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएकोले स्पष्टीकरण मागिएको हो ।

सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए । यस्तै उनले कर्मचारीको आचारसंहिताविरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृतिबेगर कार्यालयविरुद्ध बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाजबारे बोलेकों देखिएकोले स्पष्टीकरण मागेको बताइएको छ ।

उनलाई २ दिनभित्र स्पष्टीकरण पेश गर्न,अन्यथा जागिरबाट निकालिने जनाइएको छ ।

टिप्पणीहरू