जिल्ला अदालत काठमाडौंमा नयाँ र पहिलो इजलासको प्रयोग

जिल्ला अदालत काठमाडौंमा नयाँ र पहिलो इजलासको प्रयोग
सुन्नुहोस्

जिल्ला अदालत काठमाडौंमा आजदेखि पारिवारिक इजलासको प्रयोग थालिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज बिहान पारिवारिक इजलासको शुभारम्भ गर्नुभएको छ । 

उहाँले प्रधानन्यायाधीश नियुक्तिको क्रममा व्यक्त गर्नुभएका प्रतिबद्धताअनुरुप आजदेखि उक्त इजलास प्रारम्भ भएको बताउनुभएको छ । पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको यथाशीघ्र न्याय निरुपणमा सहयोग पुर्याउने उहाँको विश्वास छ ।

पारिवारिक इजलासमा रहने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्नुपर्ने विषयमा प्रधानन्यायाधीशले जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘यो इजलास सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमै पहिलो पटक हो । यसले विशेष गरी महिलावादी अंश मुद्दालाई छिटो फैसला गर्न सघाउ पुर्याउने छ  ।’

टिप्पणीहरू