दश गुणा डरलाग्दो ज्यानमाराको शिकार
अपराधी १० कदम अगाडि छ, त्यसलाई नियन्त्रणमा लिनुपर्ने र अनुसन्धान गर्नुपर्ने निकाय नै रनभूलमा परेको छ ।
तीनकुने, गैरीगाउँमा भदौ ३० गते भुजेल परिवारका चार जनाको हत्यामा संलग्न सिन्धुपाल्चोक, बाह्रबिसेका सञ्जय भण्डारीलाई पक्राउ गरेपछि अनुसन्धानकर्मीदेखि न्यायाधीश र सरकारी वकिल नै तर्सिनुपर्ने गरी नयाँ–नयाँ तथ्य तथा आपराधिक प्रवृत्तिको खुलासा हुँदा अपराधी १० कदम अगाडि रहेको बुझिएको हो । उनी फरक शारीरिक क्षमता (बोली नफुट्ने) व्यक्ति हुन् ।
त्यसैले यसअघिका थुप्रै जघन्य तथा अति संवेदनशील घटनामा प्रयोग नभएका अनुसन्धान विधि, प्रविधि तथा शैली यो घटनामा अपनाइएको छ । पक्राउ परेका सञ्जयले गैरीगाउँमात्रै हैन, अरु थुप्रै घटनामा आफ्नो प्रत्यक्ष संलग्नता दावी गरेका छन् । प्रहरीले अनुमान नगरेका र कतिपय घटनाको पर्याप्त सूचना नभएका विषयमा पनि उनी आफैंले बयानमार्फत तथ्यहरूको खुलासा गरेका छन् ।
जसका कारणले गर्दा उक्त मुद्दासँग सम्बन्धित सरकारी पक्ष अहिले जिब्रो टोक्दै ती तथ्यको गहिराइमा पुग्ने प्रयास गरिरहेको छ । उनका भनाइ तथ्यसँग मिल्दो भएपछि प्रहरीले मस्तिष्क परीक्षण ग¥यो । किनभने, उनले बयानका क्रममा गैरीगाउँबाहेकका विभिन्न घटनामा थप ६ जनाको हत्या गरेको बताएका थिए । यस्तो सुनेपछि जिल्ला अदालतका न्यायाधीश र सरकारी वकिलहरूले पनि यसबारे गहिरो अनुसन्धान गर्नुपर्ने भनी प्रहरीलाई अह्राए । सञ्जयले ती मान्छे मारेको छु भनी सतही बयानमात्रै हैन, ‘यसरी मारें, त्यसरी फ्याँकें’ भन्नेसम्म गफ हाँकेको पाइन्छ । अपराधीले बनावटी कुरा गरेको हो वा साँच्चै हो भन्ने अनुसन्धान विधिको सामान्य शैलीबाटै यकिन हुन्छ ।
सञ्जयले बोलेका कुरामा बनावटी हाउभाउ थिएन । तर, ती कुरा पनि कति सत्य हुन् भनेर यकिन पहिचान गर्न विश्वमा उपलब्ध प्रविधिको सोधखोजमा प्रहरी जुट्यो । त्यसो गर्नु राज्यको जिम्मेवारी पनि हो । ती प्रविधिबारे सोधखोज गर्दै जाँदा प्रहरीले अमेरिकी संघीय फेडरल व्युरो अफ इन्भेष्टिगेशन (एफबिआई) का अनुसन्धानकर्मीसँग पनि जिज्ञासा राख्यो । तर, उनीहरूले बताएजस्तो प्रविधि नेपालमा फेला परेन । फेरि त्यहीबारे नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि सोधखोज ग¥यो । बोली नफुट्ने मान्छे, अरुले बोलेको उनले र उनले बोलेको अरुले नबुझ्ने जटिलता यो अनुसन्धानमा छ । प्रहरीले केही चिकित्सकको राय पनि लियो ।
कसैले दिएको सूचनाका आधारमा सुन्धाराको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा कार्यरत दाहाल थरका चिकित्सकले यस किसिमको अपराध अनुसन्धानसँग सम्बन्धित मनोवैज्ञानिक पक्षमा गहिरो ज्ञान आर्जन गरेको पत्ता लाग्यो । उनीसँग एउटा सफ्टवेयर नै रहेछ । यदि सञ्जयले दावी गरेका घटनामा उनी संलग्न नै हुन् भने त्यसको सत्यतालाई पनि उक्त सफ्टवेयरले पुष्टि गर्ने दाहालको भनाइ थियो । त्यसपछि प्रहरीले परीक्षण गरायो । सो सफ्टवेयरका आधारमा उक्त घटनाको फोटोहरू देखाएपछि उनको दिमागले इन्स्टल्मेन्ट गर्दो रहेछ । उनी संलग्न नभएका घटनाको नतिजाचाहिँ शून्य देखाउने ! उक्त सफ्टवेयरमार्फत प्रहरीले अन्य सामान्य मानिसलाई पनि जाँच ग¥यो ।
त्यसरी जाँच गर्दा लाइब्रेरीजस्ता ठूलो ठाउँमा राखिने, फोटो देखाएर दिमागमा इन्स्टल भएपछि हलचल (भाइब्रेट) हुने, बन्दूक, बम भए त्यहीअनुसारको नतिजा आउने, तर सामान्य राख्दा किताबमात्रै पढ्नेखालको नतिजा आउने गर्दछ । त्यस्तो परीक्षण गरिँदा सञ्जयमा आदर्श, ज्ञान र गुणका किताब अध्ययन गर्ने बानी देखिएन । उनी जन्मजातै नकारात्मक मनोवृत्तिले युक्त व्यक्ति हुन् भन्ने कुरा सो प्रविधिमार्फत गरिएको अध्ययनबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । भनिएजस्तो ठ्याक्कै कुनै घटनासँग उनको दावी जस्ताको तस्तै मेल खाएको छैन । जस्तो कि, बौद्ध, बोडे, रातोपुल, धुम्बाराहीका विभिन्न घटनाबारे उल्लेख गरेका थिए ।
चिकित्सक दाहालसँग उपलब्ध विधिअनुसार जाँच गरिँदा ती घटनासँग सम्बन्धित केही सकारात्मक परिणाम देखिएको छ । प्रहरीको ठहर छ– सामान्य मानिसको भन्दा सञ्जयको दिमागी चाल १० गुणा अगाडि छ । प्रहरीले उनलाई मोबाइल दिए । त्यो चलाउने क्रममा अरुसँग गफ हुँदाहुँदैको अवधीमै कसैको फोटो खिचेर आफ्नो म्यासेञ्जर र जिमेल ड्राफ्टमा सुरक्षित राख्ने काम गरिहाल्थे । बोलेका कुराको पनि टिपोट उतारिहाल्ने गरी गतिवान थिए ।
उनले बौद्धमा मान्छेलाई काटेर बोरामा पोका पारी फालेको भनेका थिए । यही विधिको अनुसन्धानपछि प्रहरी परिचालन गरिँदा मृतकको खुट्टा फेला परेको । अर्थात्, उक्त घटनामा उनले भनेका कुरा मिल्न आउँछ । घटना भएकै बेला पनि तीन जना मानिस सिसिटिभी फुटेजबाट देखिन्छन् । त्यसमा देखिएको मानिससँग सञ्ज्यको अनुहार ठ्याक्कै मिल्दो त छैन । तर, उनले तीनमध्ये एकजना आफू नै भएको दावी गरेका छन् । त्यसमाथि उनको वास्तविक हिँडाइ र सिसिटिभी फुटेजमा देखिएका व्यक्तिको हिँडाइको तरिका पनि मिल्यो । उनले त्योबेला भिएलआर मोडलको मोबाइल बोक्थे । त्यसमा जडित सिमकार्डले देखाएको लोकेशनका आधारमा उक्त घटना प्रमाणित गर्ने काममा अहिले प्रहरी तल्लीन छ । यदि त्यसबाट लोकेशन निश्चित भयो भने उनी उक्त मुद्दाका पनि प्रतिवादी बन्ने छन् । यसरी एकजना अपराधीले अहिले नेपालका अनगिन्ती प्रहरीको दिमाग खाइरहेको छ ।
अब उसको रगत पनि परीक्षण गरिँदै छ । वंशाणुगत रूपमै रगतमा आपराधिक मनोवृत्ति प्रमाणित हुने सम्भावना छ । तर, त्यसको जाँच नेपालमा हुँदैन, भारतीय ल्याबमा पठाउनुपर्ने हुन्छ । अर्कातिर, काठमाडौंमा अपराध एवं सामाजिक विसंगतिका फरक–फरक सन्दर्भ आएका छन् । विभिन्न रेष्टुरेण्टबाट प्रहरीलाई प्राप्त सूचनाले भन्छ, ‘नाइट क्लबहरूमा स–साना बालबालिकाको श्रम शोषण हुँदै छ ।
‘त्यसमध्येको एक रात्रिकालीन मनोरञ्जनस्थल मुन डान्समा त्यस्तो गतिविधि हुने सूचनाका आधारमा त्यहाँबाट १३–१४ वर्षका बालिकाहरूको उद्धार गरियो । तर, सञ्चालकहरू भने फेला परेनन् । उनीहरू अन्यत्र बस्ने र कर्मचारीबाट व्यवसाथ चलाउने गर्दछन् । काठमाडौंमा पर्यटकको चहलपहल बढिरहेको बेला विशेषतः ठमेल, दबारमार्ग क्षेत्रमा त्यस्ता गतिविधि बढेको बताइन्छ । प्रहरीले विशेष सुरक्षा योजना बनाई ती ठाउँको पहिचान र संलग्न व्यक्तिको नियन्त्रण एवं पीडितको उद्धारकार्य गर्ने भएको छ ।
त्यस्तै, अहिले राजनीतिक अपराध त देखिएको छैन । तर, अहिलेको सरकारलाई दशैं काट्न नदिने, दशैंपछि राजा फर्काउनेजस्ता होहल्ला जारी छन् ।
टिप्पणीहरू