भुटानी महिलाले लुकाएको १० हजार डलर प्रहरीले पत्ता लगायो

भुटानी महिलाले लुकाएको १० हजार डलर प्रहरीले पत्ता लगायो
सुन्नुहोस्

काठमाडौंबाट भुटान उड्न लागेकी महिला यात्रुको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विदेशी मुद्रा फेला परेको छ । प्रहरीले सुरक्षा चेक जाँच गर्ने क्रममा ६५ वर्षीया यशी छोतेनको साथबाट नौ हजार पाँच सय अमेरिकी डलर र आठ हजार भारतीय रुपैयाँ बरामद गरेको बताइएको छ ।

ड्रुक एयरको उडानमा काठमाडौंबाट पारो जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङको क्रममा उक्त विदेशी मुद्रा फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको निम्ति दिउँसो राजश्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक पठाइएको छ ।

टिप्पणीहरू