लोक सेवाका हाकिमहरुको दशैं किनमेल लण्डनमा

लोक सेवाका हाकिमहरुको दशैं किनमेल लण्डनमा
सुन्नुहोस्

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको १० सदस्यीय टोली बेलायत गएको छ । टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा आज साँझ साढे ६ बजे दोहा हुँदै लण्डन गएको हो ।

भोलिदेखि असोज १४ गतेसम्म बेलायती संस्थाले आयोजना गरेको लोक सेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी तालिममा भाग लिन अध्यक्ष रेग्मी नेतृत्वको टोली त्यता गएको छ । तालिममा सदस्यहरु माधव बेल्बासे, वीरबहादुर राई,दिनेश सिलवाल,मञ्जुकुमारी पनि सहभागी हुँदैछन् । 

त्यसैगरी आयोगका सचिव डा. खगेन्द्रप्रसाद सुवेदी,मुख्य मनोविज्ञानवेत्ता  कृष्ण जि.सी, पाठ्यक्रम विशेषज्ञ डिल्लीराम शर्मा, उपसचिवहरु उमेशकुमार पोखरेल  र सुशीला पौडेल ढकाल सहितको टोली दशैंको मुखमा बेलायत उडेको हो । 

उनीहरु असोज १६ गते काठमाडौं फर्कने कार्यक्रम छ । त्यसको भोलिपल्ट १७ गतेदेखि यो वर्षको दशैं शुरु हुँदै छ ।
 

टिप्पणीहरू