रास्वपाले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलायो

रास्वपाले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलायो
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । 

पार्टी सभापति रवि लामिछाने पक्राउ पर्ने प्रबल सम्भावना देखिएपछि बागमती प्रदेशका सभापति अच्युत्तम लामिछानेले उपत्यकाका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला हुन आग्रह गरेका हुन् । 

गृहमन्त्री रमेश लेखकले आज दिउँसो प्रहरी प्रमुख वसन्त कुवँरलाई सहकारी छानविन संसदीय समितिको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएका थिए । यससँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परिसकेका छन् । उनलाई अहिले पोखरा लगिदै गरेको बुझिएको छ । 

प्रहरीले छविलालपछि गोर्खा मिडिया नेटर्ककका तत्कालिन प्रबन्धक निर्देशक लामिछानेलाई पनि समात्न लागेको बताइएको छ । यसबारे प्रहरीले आन्तरिक गृहकार्य गरेको थाहा पाएपछि रास्वपाले कार्यकर्तालाई बोलाएको अनुमान गरिएको छ । अहिले लामिछानेसहित केन्द्रीय नेताहरु पनि पार्टी कार्यालय बनस्थलीमा छन् ।

टिप्पणीहरू