कपिलवस्तुमा हतियारसहित दुई भारतीय पक्राउ

कपिलवस्तुमा हतियारसहित दुई भारतीय पक्राउ

-मनिष गुप्ता

कृष्णनगर नगरपालिका- ८ गणेशपुरबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

ईप्रका बहादुरगन्जका प्रहरी नायव निरिक्षक धनबहादुर थापाको कमाण्डमा खटिएको टोलीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको बेला सूचनाको आधारमा दुई जनालाई हतियारसहित पक्राउ गरेको बताईएको छ ।

उनीहरुको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको थापाले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबी महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितमकुमार र देवापार, हरनखा वस्तिका २२ वर्षीय सुरज द्विवेदी रहेको सइ थापाले बताउनुभयो ।

सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको उहाँको भनाइ छ । उनीहरुको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लाष्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरु समेत बरामद भएको छ ।

दुबै जना लागुऔषध सेवन गरी लठ्ठीएको अवस्थामा पक्राउ परेका थिए । घटनाको अनुसन्धान र दुबै जनासँग सोधपुछ भइरहेको ईप्रका बहादुरगंजले जनाएको छ ।

टिप्पणीहरू