जबरजस्ती करणीमा संलग्न कमल टिकाको दिन समातिए

जबरजस्ती करणीमा संलग्न कमल टिकाको दिन समातिए

भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षे कमल दर्जी पक्राउ परेका छन् । 

साल्पासिलिछो गाउँपालिका–६ का दर्जीलाई प्रहरीले हिजो बेलुकी नियन्त्रणमा लिएको बताइएको छ । 

कमलले किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएर आवश्यक सोधपुछ र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चौकी दोभानेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
 

टिप्पणीहरू