चीनले घोषणा गरेको राहत सामाग्री रसुवा आइपुग्यो
चीनले जाजरकोट र रुकुम–पश्चिमका भूकम्प प्रभावितका लागि घोषणा गरेको राहत सामाग्री नेपाल पठाएको छ । आज चीनको केरुङबाट रसुवागढी नाका हुँदै १० करोड रुपैयाँ बराबरको उक्त राहत सामाग्री नेपाल आइपुगेको हो ।
काठमाडौँस्थित चिनियाँ राजदूत छन् सोङले राहत सामाग्री नेपाल आइसकेको जानकारी दिनुभएको छ । केरुङबाट नेपाली कन्टेनरमा लोड गरेर ल्याइएका राहत सामग्रीमा दुई हजार ३०० टेण्ट, दुई हजार ब्ल्यांकेट, ७०० थान त्रिपाल, ५०० थान स्प्रेयर रहेको राजदूत सोङले जनाएका छन् ।
ती राहत सामग्री तत्काल जाजरकोट र रुकुम पश्चिमसहितका भूकम्प पीडितहरूलाई पठाइने बताइएको छ । थप राहत सामाग्री आउने क्रममा रहेकोसमेत राजदूत सोङले जानकारी दिनुभएको छ ।
चीनले भूकम्पलगत्तै १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको थियो ।
@janaaastha.10 चीनले घोषणा गरेको राहत सामाग्री रसुवा आइपुग्यो
♬ original sound - janaaastha.com
टिप्पणीहरू