मिठाईमा जथाभावी रङ हाले कडा कारवाही

मिठाईमा जथाभावी रङ हाले कडा कारवाही

पोखरा महानगरपालिकाले मिठाईलगायतका खाद्य पदार्थमा तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन दिएको छ । 

महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै खाद्य नियमावली २०२७ ले खाद्य पदार्थमा खाद्य रंग प्रयोगमा निषेध गरेको र यस्ता वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकोले तोकिएबमोजिम मात्र रंग प्रयोग गर्न भनेको हो ।

‘रंग प्रयोग गरी पकाइएका खाद्य वस्तुहरु सेवन गर्दा तथा खाद्य वस्तुमा भएको परिवर्तनले स्वास्थ्यमा गम्भीर असर (एलर्जी तथा क्यान्सरजस्तो घातक रोग) हुने हुँदा खाद्य नियमावली २०२७ ले पकाएर खानुपर्ने खाद्य पदार्थमा स्वीकृत खाद्य रंग समेत निषेध गरेकाले तोकिएका खाद्य वस्तुमा तोकिएबमोजिम मात्र रंग प्रयोग गर्न अनुरोध छ,’ सूचनामा भनिएको छ ।

महानगरले स्वीकृत खाद्य रंगबाहेक अन्य अखाद्य रंगहरु प्रयोग नगर्न आग्रह गर्दै यस्तो कार्य गरेको पाइएमा नियमबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

त्यस्तै, उपभोक्ता तथा व्यवसायीलाई आफ्नो स्वास्थ्यमा असर पर्ने रंग मिलाइएका वस्तु उपभोग नगर्न नगराउन पनि भनिएको छ ।

टिप्पणीहरू