हतियारले लिने हुर्मत : के यस्तो हुनसक्ला त ?

हतियारले लिने हुर्मत : के यस्तो हुनसक्ला त ?

विश्वमा विभिन्नखाले हतियार उत्पादन भएका छन् । भारतले विकास गरेको लेजर विपन सिष्टम एक उदाहरण हो । इजरायलले गाजासँग, रसियाले युक्रेनसँगका क्रममा पनि त्यस्तै लेजर हतियारको प्रयोग गरेका छन् । इलेक्ट्रो म्याग्नेटिक, माइक्रो वेभ, इन्फ्रारेड वेभ, रेडियो वेभ, इलेक्ट्रो म्याग्नेटिक प्लस (डब्ल्युएमपी), हर्टअट्याक गन, माइन्ड कन्ट्रोलिङ मेसिन, रेडिएसनजस्ता हतियार आकाशीय विकिरणमार्फत लक्षित व्यक्ति वा स्थानसम्म गोप्य रुपमा पुग्न सक्छन् ।   

१. स्याटेलाइट/भर्चुअल प्रविधि

सेनाले/प्रहरीले टार्गेट गरेको टारगेटेडलाई भेट्न एस.एल.आर. बोकेर आउनै पर्दैन । उसको भर्चुअल प्रविधिमार्फत गोप्य प्रयोगशाला वा स्टेसनबाट स्याटेलाइट फिट गरेको हतियार छ त्यसैबाट टारगेटेडलाई मार्ने हो कि के गर्ने हो उसको तजविजमा भर पर्छ । यहा“ उल्लिखित सबै प्रविधि र हतियार स्याटेलाईट/राडार जडित अदृश्य किसिमका छन् र तपाईं जहा“ बसे पनि जे ले छेलिए पनि तपाई टार्गेटबाट मुक्त हुन सक्नु हुने छैन ।

२. जैविक हतियार तथा प्रविधि

यदि, तपाईंलाई विभिन्न घर पालुवा वा जंगली जीवजन्तु, डस्ने किरा (मलाई जहा“ गए पनि खजुरा, बिच्छी, माकुरा डरलाग्दा रुप रंग भएका किरा, सर्प, न्याउरी मुसा आदिले पिछा गर्छ), चराचुरुंगी आदिले वारम्बार पिछा गरिरह्यो वा अनौठो व्यवहार देखाइरहे, टोक्न डस्न खोजे, घर वन जंगलको नजिक छैन तैपनि जंगली जनावरहरू आइरहे वा आक्रमण गरे वा तिनको आक्रमण परेर कसैको ज्यान गए आदि इत्यादि भए त्यसलाई सेना÷प्रहरीको स्ट्राटेजी सम्झिए पुग्छ । सेना÷प्रहरीले उसको अत्याधुनिक हतियार तथा भर्चुवल प्रविधिद्वारा जीव जन्तुको मानसिकता परिवर्तन गरी वा उसको दिमागलाई नियन्त्रण गरी आफूले चाहेजस्तो अवस्थामा पारी त्यसो गराउन सक्छ । 

३. रासायनिक हतियार

स्याटेलाइट/भर्चुअल प्रविधिमार्फत आउने विभिन्न रसायनले मानिसका साथै सजीव वस्तुको शरीरमा विभिन्न परिवर्तन हुन्छ र त्यसले सजीव तन्तुलाई मार्न पनि सक्छ । कुन केमिकलको असरले के हुन्छ सेना/प्रहरीले त्यही गराउ“छ । उदाहरणको लागि मानिसलाई त्यत्तिकै रिस उठ्नु, हाँसो लाग्नु, रुन मन लाग्नु, शरीर असिन–पसिन हुने, भतभती पोल्ने, गन्हाउने, रसायन लगाइदिएपछि निद्रा लाग्दै लाग्दैन ।

सेना/प्रहरीले चाहे मानिसलाई उठ्दा उठ्दै मिनेटमै सुताउन सक्छ, धूमपान तथा मध्यपानको लत छैन तर उसको शरीरमा चुरोट रक्सीको गन्ध आउने(जस्तोसुकै गन्ध आउने चाहे अत्तरको हो कि मरेको सिनो वा दिसाको), शरीर पूरै दुख्ने, हाड जोर्नी दुख्ने, आलश्य लागी कुनै काम गर्न मन नलाग्ने, शरीर चिलाउने, आँसु आउने आदि हजारौं थरीका कुरा हुने गर्छ तथा कुन तत्वको कमी वा बढी हुनुले कुन रोग लाग्ने हो त्यही गराउ“छ जसकारण मानिस बिरामी पर्न वा मर्न पनि सक्छ । मानिसहरू बिरामी परेर औषधोपचार गर्नपट्टि लाग्छन् रोग लगाउने अर्कै हुन्छ । त्यो हो सेना÷प्रहरी । (मैले त हरियो रूख दुई दिनमै पात सुकेर झरेको र रूख विस्तारै मर्दै गएकोसम्म देखेको छु पछि लेजर बिमको माध्यमबाट प्रयोगशालामा । युट्युवमा कुनै बिरुवाको हरियो पात अदृश्य रुपमा रेज लेजर बिम पर्नेबित्तिकै चाउरिएर मरेको देखेको छु । अरुस“ग त्यस्ता हतियार तथा उपकरण वा प्रविधि राख्ने अधिकार नै हुँदैन ।

४. विद्युतीय तथा विकिरणजन्य हतियार

स्याटेलाइट/भर्चुअल प्रविधिमार्फत शून्य ठाउ“बाट अदृश्य रुपमा उसका गोप्य स्टेसनबाट आउने (सेना÷प्रहरीले पठाउने) करेन्टबाट टार्गेटेड को शरीरमा जहा“ बसे पनि कुनै किसिमको वा तहको झट्का लाग्न सक्छ । त्यस झट्काको मात्राअनुसार तपाईंको शरीरमा नसासम्बन्धी समस्या हुने प्यारालाइसिस हुने, हृदयाघात हुन सक्ने (केही मानिसले तत्कालीन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातलाई शंकाको दृष्टिले हेर्छन्, मैलेचाहिँ पत्रकार तथा विश्लेषक डा. विजय मिश्रको एउटा युट्युब अन्तर्वार्ता हेरेर सुनेको हु“) र त्यसबाट मानिसको मृत्यु हुनेदेखि लिएर कुनै समस्या निको हुने तर कुनै समस्या जीवन रहेसम्म रहिरहने हुन सक्छ । त्यस्तै विकिरण (अन्य प्रविधि पनि हुन सक्छ) बाट शरीर काम्ने, मुटु हल्लिने, तीव्र गतिमा ढुकढुकी बढ्ने, श्वास फेर्न गाह्राे हुने वा छिटो छिटो श्वास प्रश्वास हुने, थुक घुटुक्क घुटुक्क हुने, रिँगटा लाग्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वास प्रश्वासमा समस्या आउने वा विकिरण वा अन्य प्रविधिबाट श्वास रोकाई मान्छे मार्ने वा त्यसको मात्राअनुसार माथि उल्लेख भएजस्तै समस्या देखिन थाल्छ अनि मानिस ठाउ“का ठाउ“ ढल्न सक्छ वा मृत्युसम्म हुने वा एकै छिनमा आगोको छेउमा बसेजस्तो गरी गर्मी हुने, एकैछिनमा फ्रिजमा राखेजस्तो जाडो हुने, हात खुट्टा बाउँडिने/लल्याक लुलुक हुने आदि हुन सक्छ ।

सेना/प्रहरीले चाह्यो भने स्वस्थ दा“तलाई प्रविधिमार्फत अदृश्य रुपमा एक क्षणमा झारिदिन सक्छ । यी लक्षण आदि इत्यादिभित्र पर्छन् । मानिसको घाँटीको नली जहा“बाट एउटा ट्रयाक मुखतिर अर्को ट्रयाक नाकतिर जान्छ त्यहा“ खकारै खकार भरी जाम गराई मानिस मारिदिन सक्छ वा अन्य धेरै तरिकाबाट टारगेटेडलाई मारिदिन सक्छ । मानिस त्यत्तिकै नर्भस हुने (उसको स्वर माओवादी नेता कृष्णबहादुर महराको हालको बोली वा सुशील कोइरालाको पछिल्लो समयको बोलीजस्तो नबुझिने बनाइदिन सक्छ वा उसले चाह्यो भने कोरोना अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो स्पष्ट र आत्मविश्वासी बनाइदिन सक्छ) । मानिसमा आत्मविश्वास तथा हतोत्साहन भरिदिन सक्छ । मानिसलाई त्यतिकै अनौठो रुपमा आत्मविश्वास आउने, त्यति बेस्सरी डर पैदा हुने हुन्छ । बाहिर देखिँदा समस्याको कारण रोग देखिने तर कारण सेना÷प्रहरी हुने हुन्छ । (एउटा अन्तर्वार्तामा राजनीतिक विश्लेषक भरत दाहालले नेता प्रचण्डका सुपुत्रलाई कसैले÷विदेशीले मारेको हो भनेका छन् । यस्तै हतियार र अवस्था हो भन्ने लाग्छ । मृतकको श्वासप्रश्वास रोकिदिएको पनि हुन सक्छ । कस्तो अवस्था भने हेर्दा केही देखिएको छैन भित्रभित्रै अदृश्य रुपमा मान्छे मारिएको छ ।)

५. शून्य ठाउ“बाट रेडियो फ्रिक्वेन्सी (आवाज आउने)

अहिलेसम्म जानिएअनुसार कुनै पनि आवाज प्राकृतिक रुपमा र रेडियो तथा साउण्ड सिष्टमबाट सुनिने गरिन्छ । तर, सेनास“ग यस्तो प्रविधि छ त्यसको सहायताले शून्य ठाउ“मै जुनसुकै किसिमको मानिस आवाज (बोली लवज) मा, जुनसुकै जीव जन्तुको आवाजमा जुनसुकै ठाउ“मा बिना साउण्ड सिष्टम त्यस्तो आवाज आउन सक्छ । कहिले त्यो आवाज टारगेटेटको कानमा मात्र त कहिले त्यो आवाज आमसमुदायमा पनि आउन सक्छ । साउण्ड सिष्टम ( प्रविधि) सेना÷प्रहरीको गोप्य स्टेसनमा हुन्छ तर आवाज जहा“सुकै पुग्न सक्छ । मन्दिरमा मानिस नभएको बेला वा आधा रात घण्टी बजेको आवाज आउने आदि इत्यादि । यसमा सेना÷प्रहरीले मानिसको अन्धविश्वासमा खेल्न पनि सक्छ । जस्तै मानिसले भन्ने गरेका तर्सायो मान्छे बोलेको आवाज आयो वा मानिस रोएको आवाज आयो आदि इत्यादि तर हेर्दा केही देखिएन भन्नेजस्ता कुरा मान्छेको मुखबाट सुनिन्छ तर ती चिज सेना/प्रहरीले आफ्नो गोप्य प्रविधिमार्फत गराइ सुनाइ राखेको हुन्छ । (मैले मेरो घरमा वा डेरामा रातभरि टिन ढ्वाङ ढ्वाङ ठोकेको वा कैयौं प्रकारका आवाज सुनेको छु र यो सेना/प्रहरीको खेल हो भन्ने जानेर बानी परिसकेको छ ।) यसबाट टार्गेट गरेको मानिसलाई आतंकित पार्न वा समाजमा भ्रम सिर्जना गर्न यस्तो किसिमको काम गरिरहेको हुन्छ । यो कुरालाई अत्यन्त सरफेसिअल्ली तथा अत्यन्त संक्षेपमा राखिएको छ ।

६.थ्रिडी पिक्चर र सपना

सामान्यतया हामीले कुनै पनि चित्र चलचित्र पर्दामा हेरिएको जस्तै टेलिभिजन तथा कम्प्युटर सिष्टमको पर्दा आदि । तर यहा“ उल्लेख गर्न खोजिएको कुरा थ्रिडी पिक्चर (अहिलेसम्म सेभेन डी सम्मको भर्सन सुनिन्छ पढिन्छ हेरिन्छ) र सपनाको हो जसले शून्य ठाउ“मा बिना स्क्रिन बिना टेलिभिजन तथा कम्प्युटर सिष्टम चलचित्र देखाउन सकिन्छ । त्यो प्रविधि सेना/प्रहरीको गोप्य स्टेसनमा छ र त्यहा“बाट देखाइएको दृश्य मानिसको दिमागमा आउ“छ । जसले जहा“ तहीँ शून्य (खाली) ठाउ“मा चलचित्र देखाउन सक्छ । मानिसलाई भर्चुअल रियालिटी (भिआर प्रविधि) बारे कम थाहा हुन सक्छ । त्यसमा पनि यो भिआर प्रविधिभन्दा सम्पन्न प्रविधि एगुमेन्टेड रियालिटी हुन सक्छ वा अन्य कुनै अत्याधुनिक प्रविधि हुन सक्छ । यस प्रविधिबाट पनि सेनाले मानिसको अन्धविश्वासमा पनि खेल्न सक्छ ।

जस्तै मानिसले भन्ने गर्छन् कि मैले भूत देखेँ, मैले किचकन्नी देखेँ मैले मुर्कुट्टा देखेँ ती त्यतिकै देखिए त्यतिकै विलाए आदि इत्यादि हजाराैँ थरीका कुरा गर्छन् जुन चिज सेना/प्रहरीले उसको प्रविधिबाट देखिरहेको हुन्छ । अर्कोतर्फ मानिसले सुतेको बेला सपना देख्न सक्छ । त्यो स्वाभाभिकै हो तर यहा“ अपत्यारिलो के छ भने सेना/प्रहरीले उसको प्रविधि प्रयोग गरी गोप्य स्टेसनबाट देखाएको कृत्रिम चलचित्र मानिसको सपना बनेर निद्रामा आइरहेको हुन्छ । यसमा पनि सेनाले मानिसको अन्धविश्वासमा टेकेर खेल्न सक्छ जस्तै खासगरी अशिक्षित महिला–पुरुष भन्ने गर्छन् कि मलाई हिजो राति निद्रा वा सपनामा बोक्सीले टोकेछ मलाई ऐठन भयो, श्वास फेर्न खोज्छु सक्दिनँ, कसो–कसो यस्सो गरेर उम्किएँ वा छोपेको छोपै गर्‍यो, फलानै हो मैले प्रष्ट देखेको छु फलाना÷फलानी त बोक्सी रहिछ नि आदि । तर, वास्तविक रुपमा त्यो चिज सेना/प्रहरीले माथि उल्लेख गरिएजस्तै उसको अत्यन्त शक्तिशाली प्रविधिबाट उसको गोप्य टिम र स्टेसनको माध्यमबाट देखाइरहेको हुन्छ । तपाईंको मानसपटलमा विभिन्न चित्र–चलचित्र जुन तपाईंले सोचेकै छैन बारम्बार आइरहे सम्झनुस् त्यो पनि सेना÷प्रहरीको प्रविधिको खेल हो । बिना स्क्रिन तस्बिर तपाईंको दिमाग र आ“खामा आउन सक्छ ।

७. मनोवैज्ञानिक हतियार/प्रविधि

कसैको मनमा आफूले नसोचेको नदेखेको आदि इत्यादि कुरा आएको आयै गरे त्यसमा पनि सेनाको प्रविधिकै हात छ । यदि, तपाईंले धैर्यतापूर्वक नियाल्ने हो भने कुन कुरा प्राकृतिक रूपमा आएका हुन् कुन कुरा कृत्रिम भनेर छुट्ट्याउन सक्नुहुन्छ । बिना कारण कुनै व्यक्तिबारे मानिसले भन्ने गरेको जस्तै नानाथरीका कुरा आइरहने, उसको बारेमा सकारात्मक वा नकारात्मक कुरा आइरहे, रिस उठिराख्ने वा आदि इत्यादि हजारौं थरीका मनोवैज्ञानिकजन्य कुरा आइरहने कुरामा पनि सेना/प्रहरीको हात छ । (एउटा पुस्तक मैले देखेको दरबारमा त्यसका लेखकले राजकुमार दीपेन्द्रलाई याक्सट्रेममा पुर्‍याएर उक्त याक्ट्रम मनस्थितिबाट दरबार हत्याकाण्डको वातावरण बन्न पुग्यो भन्ने विचार व्यक्त गरेका छन् ।

एक पुस्तकका लेखक सुधीर शर्माले यदि एउटा जर्नेललाई केही नगरीकन स्वतन्त्र छाडिदिने हो भने उसले जस्तोसुकै सरकार पनि बनाउन र गिराउन सक्छ भन्ने विचार व्यक्त गरेका छन् ।) मेरो विचारमा यही हो मनोवैज्ञानिक हतियार । (विषय र प्रसंगले अर्को अर्थ नलगाऔं) मनोवैनिक हतियारको माध्यमबाट मानिसको मनस्थितिलाई कन्ट्रोल गरी उसलाई चाहेजस्तो व्यवहार गर्ने बनाउन सक्छ सेना÷प्रहरीले । प्रविधिमार्फत नेताहरूबीच एकआपसमा नकारात्मक मनोविज्ञान वा वैमनश्य उत्पन्न गरी वा फाटो पैदा गरी एकआपसमा लडाउ“छ । अनि त्यो पराकाष्ठामा पुगी नेताहरू मिडिया वा सार्वजनिक समारोहमा विष वमन गर्न थाल्छन् । अनि सरकार बन्ने र ढल्ने प्रक्रिया शुरु हुन थाल्छ । परम्परागत भाषामा भन्नुपर्दा मोहनी लगाउने भन्छन् नि त्यस्तै हो । मोहनी त लगाउन सकिन्छ कि सकिँदैन तर यो मनोवैज्ञानिक हतियारले मानिसलाई सकारात्मक नकारात्मक जस्तो काम गर्ने पनि बनाउन सक्छ ।

विषय र प्रसंगले अर्को अर्थ नलाग्ने हो भने सेना वा प्रहरीको स्पेसल टिम वा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरले टार्गेट गरेको मानिसको मनोविज्ञानमा कन्ट्रोल गरी मानसिक अवस्था परिवर्तन गरी आपराधिक घटना घटाउन सक्छ । उनीहरूले यस्तो कार्य आफ्नो उपस्थिति जनाउन वा अस्तित्व वा औचित्य पुष्टि गर्न वा नया“ कानुनलाई व्यवहारमा ल्याउन यस्तो घटना घटाउने गर्छन् ताकि समाजलाई देखाउन सकियोस् । (भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले आफ्नो किताब निर्वासनमा उनले उल्लेख गरेका छन् कि मलाई भुटानी राजाले ३० वर्षदेखि माइन्ड कन्ट्रोल मेसिनले उनको दिमाग नियन्त्रण गरिरहेको छ र यातना दिइरहेको छ । यो कुरा सुन्दा उनीसँगै जेल बसेका साथीहरूले समेत पत्याएनन् । पछि त्रिभुवन विश्वविद्यालयमा समेत सम्बन्धित संकायको प्रोफेसर र विद्यार्थीबीच यो विषयमा छलफल चल्यो । पछि डा.इन्द्रजित राईले उनको समर्थनमा उनको किताबमा भूमिका लेखे ।) यो कुरा लक्षित गरिएको व्यक्तिलाई बाहेक कसैलाई पनि थाहा हुँदैन । उसले (सेना/प्रहरीले ) चाह्यो भने कानमा वा दिमागमा कुरा ल्याएर थाहा दिन पनि सक्छ । मनोवैज्ञानिक रुपमा आत्महत्या गर्न मन लाग्ने बनाउ“छ । (म पनि सेना/प्रहरीको यस्तो यन्त्र वा प्रविधिबाट पीडित छु ।)

८. स्याटेलाइट जडित अत्याधुनिक डिजिटल प्रविधि

सेनास“ग यति शक्तिशाली डिजिटल प्रविधि छ कि त्यस प्रविधिको सहायताले उसले सूचना र सञ्चार प्रविधिमा सजिलै पह“ुच राख्छ । मानिसलाई लाग्दो हो दूरसञ्चारस“ग सम्बन्धित सूचना सेनाले नेपाल टेलिकम वा एनसेल वा अन्य  कुनै दूरसञ्चारप्रदायक संस्थास“ग माग्छ होला । बाहिर हेर्दा त्यस्तै देखिन्छ पनि । तर त्यस्तो हुँदैन । उसको 

विभाग छ जसले कुनै पनि व्यक्तिको टेलिफोन÷मोबाइलमाथि कन्ट्रोल गर्न सक्छ । उसले चाहेमा यो प्रविधिले व्यक्ति–व्यक्ति बीचको कुराकानी भएको आवाज आएजस्तो कुराकानी भएको भनी देखाउ“छ । जबकि ती भनिएको व्यक्तिबीच कुराकानी भएकै हुँदैन । त्यस्तो आवाज बनाउन पहिला सेनाले लक्षित गरिएको व्यक्तिको आवाज गोप्य रुपमा यही अत्याधुनिक प्र मार्फत रेकर्ड गर्छ अनि त्यो प्रविधिमार्फत जो बोले पनि लक्षित गरिएको व्यक्तिको आवाज निस्कन्छ । यो तरिका गाग्रीमा पानी भरेजस्तै हो । लक्षित व्यक्तिको आवाज प्रविधिमा भर्‍यो पछि जो बोले पनि लक्षित गरिएको व्यक्तिको आवाजमा बोली आउँछ । आममान्छेलाई लाग्छ कि यो आवाज सही हो । पढेलेखेका व्यक्तिहरूले कसैले क्यारिकेचर गरेको होलासम्म भन्लान् ।

तर यो सेना/प्रहरीको रहस्यमय खेल हो । उसले हजारौँ व्यक्तिको आवाज क्षण–क्षणमा तुरुन्ता तुरुन्तै निकाल्न सक्छ । के ती हजारौँ लाखौं व्यक्ति आवाज क्यारिकेचर गर्ने व्यक्ति सेना/प्रहरीको साथमा छ ? यो उसको डिजिटल प्रविधिको खेल हो । सेनाले यही प्रविधिको माध्यमबाट आ–आफू कुराकानी गर्छ अनि प्रविधिमार्फत चाहेको व्यक्तिको आवाजमा ढाल्छ । आज–भोलि कल डिटेल्स, कनेक्सन, लोकेशन भन्ने शब्द खुब सनिन्छ ।

तर, ती चिज सेनाले चाहेमा फेक कल डिटेल्स, कनेक्सन र लोकल कल देखाउन सक्छ । तपाईंंको मोबाइल फोन आयो कुराकानी पनि भयो तपाईंले चिनेकै व्यक्तिको आवाज आयो तर त्यो आवाज सेना/प्रहरीले निकालिरहेको हुन्छ । तपाईंले गरेको फोन सेना/प्रहरीको प्रविधिमा पुग्छ अनि सेना/प्रहरीले त्यो फोन जब अफ गर्छ अनि तपाईंको फोन सम्बन्धित व्यक्तिको नम्बरमा जान्छ पनि तर फोन उठ्दैन जोसँग तपाईं जरुरी कुराकानी गर्नु थियो । तपाईंले जहा“ फोन गरे पनि त्यो फोन सेना वा प्रहरीको प्रविधिले त्यो फोन पुग्छ । (कुनै समयमा एक माओवादी नेताले कुनै चिनियाँ पक्षसँग गरेको भनिएको करोडौँ रकमको कुराकानी वा एमालेबाट बहालवाला मन्त्रीले गरेको भनिएको करोडौं रकमको कुराकानी (तर पछि एउटा अन्तर्वार्तामा महराले त्यो कुराकानी सही हो भन्ने आशय व्यक्त गरेका छन् धेरै वर्षपछि वा रा.स्व.पा.को समानुपातिक सांसद ढाकाराम श्रेष्ठ र दुर्गा प्रसाईबीच भएको भनिएको फोन कुराकानी सबै नक्कली हुन् भन्नेमा म ९९ प्रतिशत विश्वस्त छु । डा. आरजु राणाले त आवाज नक्कली हो भनेर साइबर ब्युरोमा उजरी नै दिइन् । 

९.झुटा अफवाह 

दरबार हत्याकाण्डको विषयमा राजकुमार दीपेन्द्रले एउटा महिला (उनको प्रेमिका भनिएको) सँग विवाह गर्न नदिएको झोंकमा सारा परिवारलाई गोली हानेर हत्या गरे भन्ने चर्चा सुनियो । यस्तै दास ढुंगा हत्याकाण्डमा तत्कालीन लोकप्रिय नेताहरू मदन भण्डारी र जीवराम आश्रितको हत्यामा एमालेकै नेताहरूको हात छ भन्ने प्रचार पनि सुनियो । साथै, उक्त पार्टीमा एक नेता र महिला नेत्रीको नराम्रो सम्बन्ध छ भन्ने दुष्प्रचार पनि पढियो । यस्तो गलत हल्ला उच्च स्रोतको नामबाट दिइन्छ । त्यो उच्च स्रोत के हो खुलाइँदैन । मलाई त पूरै विश्वास छ कि यो दुष्प्रचार कसले गर्छ भनेर । यदि सेना/प्रहरीले चाह्यो भने घटना एकातिर घटाएर प्रचार अर्कैतिर गर्छ । ताकि मानिसको ध्यान अर्कैतिर मोडियोस् । द्वन्द्वकालमा मानिसलाई झुटा मुद्दा लगाएको थुप्रै खबर सुनिन्थ्यो । मानिसलाई लाग्दो हो राज्यले लगाएको मुद्दा पनि झुटा हुन्छ कहीँ । तर, सेना/प्रहरीले झुटा मुद्दा लगाउने, झुटा प्रमाण बनाउने, अभियोजनमा प्रभाव पार्ने, न्यायाधीशको प्रलोभन वा धम्की लाउने, आदि इत्यादि सबै काम गर्छ अप्रत्यक्ष रुपमा । उसको जति शक्ति यो देशमा कसैको छैन ।

१०. शक्तिशाली अदृश्य बल

मैले त जहा“ गयो त्यहीँ धेरै पटक रूखको ठूलो हा“गो भा“चिएको देखेको छु । एउटा घटनामा एउटा बरको ठूलो हा“गो भा“चिएर भुइँमा झर्दा म सेकेण्डको हिसाबले बा“चेको छु । जहा“ बस्यो त्यही रुखको हा“गो भा“चिएको छ रुख हरियै छ । अर्को, मैले सिमेन्टीले बनेको राम्रो घरको भित्ता भूकम्पले चिरिएजस्तो दृश्य देखेको छु, एकै रातपछि भोलिपल्ट बिहानै । अर्को, म बसेको बसको सिसा क्षणभरमै झ¥यामझुरुम भएको देखेको छु । तर, अनौठो कुरा के भने त्यहाँ बस्ने यात्रु, ड्राइभर, खलासी गाडी साहु कोही कसैले प्रतिक्रिया गर्दैनन् । म जुन सवारीमा यात्रा गर्छु त्यसको टायर पन्चर भएकै हुन्छ, मैले कुहिरो वा बादलले सेना/प्रहरीले बादल दिनैभरि ढाकेको र कुहिरो वा बादल सेना/प्रहरीले चाहेको दिशामा उडेको पनि देखेको छु, भोगेको सेना/प्रहरीको यो गोप्य खेलले मलाई कृत्रिम वर्षा गराउन सकिन्छ भन्ने अगाध विश्वास छ ।

एउटा घटना मेरो हातैमा आगोको डल्लाजस्तो चिज तीव्र गतिमा खसेको छ । तर, मलाई केही भएन । बादल नलागेको रात आकाशमा हेर्दा तारा सरर हिँडेको देखेको छु र सेना÷प्रहरीले अब निभ्छ भन्नेबित्तिकै निभेको छ । सेना यसलाई प्रेसर बल भन्छ । (भारतले कास्मिरमा लेजर प्रणालीको प्रयोग गरी हिउँको पहाडै पहिर्‍याएर अर्को बेस क्याम्प बनाएर बसेका पाकिस्तानी सेनालाई हिमपहिरोले पुरेको थियो । यसलाई भारतले ‘अपरेशन ह्वाइट वास’ को नाम दियो । 

यदि, आकस्मिक रुपमा वा बारम्बार नसोचिएका अवस्थामा मानिसको मृत्यु वा आत्महत्याको दरमा वृद्धि भए निधार खुम्च्याएर सोच्नुपर्ने अवस्था हुन सक्छ । एक पटक विश्वका अद्भुत तथा धनी व्यक्ति एलन मस्कलाई यो विश्व ब्रह्माण्ड आखिर के हो त भनी सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘बिलियन इन वन’ नहुन सक्छ तर यो विश्व ब्रह्माण्ड कुनै अति विकसित सभ्यताको नक्कल मात्र हुन सक्छ । मैले त म जहा“ गयो त्यहीँ मानिस ढलेर मरेको देखेको छु र ओछ्यानमा स्वस्त सुतेको मानिस ओछ्यानमै मरेको पनि देखेको छु । मेरो गाउ“ तथा वडामा एक वर्षमा यति धेरै मानिसको मृत्यु तथा आत्महत्या भयो कि त्योभन्दा अगाडि यस्तो कहिल्यै भएको थिएन र सेना÷प्रहरीले मेरो कानमा तँलाई र तेरो परिवार छोराछोरीलाई त्यसैगरी मार्ने हो भनेर धम्की खाँदै जीवन बा“चेको छु ।

यो संक्षिप्त र विवरणात्मक लेखमा सबै कुरा समेट्न सकिएन वा सबै गोप्य कुराको जानकारी भएन । तर, म आफ्नो भनाइमा एक हजार प्रतिशत विश्वस्त छु । नभए बहस गरौँ । (अलिकति शंका उठेको छ कि यसरी यो तरिकाबाट मान्छे मार्न सक्ने भए शत्रु राष्ट्रका खासगरी नेतालाई वा अधिनायकवादी शासन व्यवस्था भएका मुलुकमा शासकले आफ्ना विरोधीलाई यसैगरी मार्दैनन् त भन्ने विचार चाहिँ रहिरह्यो ।) त्यही तरिकाबाट उक्त राष्ट्रका नागरिकका जीवन त सधैँ असुरक्षित हुने भयो । यस्तो प्रविधि तथा हतियार प्रयोग गर्न सक्ने शक्ति राज्यको सेना वा प्रहरीबाहेक कोसँग हुन सक्छ ?

जयराम कुमाल, पा.न.पा. ७, गोरखा, ९८४६२३५२१७
 

टिप्पणीहरू