फरार छ जना प्रतिवादी एकैदिन अदालतमा

फरार छ जना प्रतिवादी एकैदिन अदालतमा
सुन्नुहोस्

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर गरिएपछि लामो समयदेखि फरार छ जना प्रतिवादीलाई प्रहरीले हिजो पक्राउ गरेर अदालतमा उभ्याएको छ । मोरङ प्रहरीले हिजो उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका १० का समीर तामाङ र  नवीन सार्की, कटहरी गाउँपालिका ३ का मेहदीशेख मिया, ग्रामथान गाउँपालिका–५ का सञ्जय चौधरी, केराबारी गाउँपालिका–१० का गणेश तामाङ र प्रिमान लिम्बू हुन् ।

तामाङ र सार्कीलाई जिल्ला अदालत मोरङले चोरी मुद्दामा चार दिन    कैद सजाय सुनाएको थियो । मेहदीशेख मियालाई जिल्ला अदालतले एक महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसैगरी केराबारी गाउँपालिका १० का गणेश तामाङलाई छ महिना १२ दिन कैद र प्रिमान लिम्बुलाई दुई हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा हिजै पेश गरिएको हो । जिल्ला प्रहरीले चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चार महिनामा १८३ जना फरार प्रतावदीलाई पक्राउ गरेर अदालतमा बुझाइएको छ ।

टिप्पणीहरू