प्रदेशका गृहमन्त्रीहरु एकै पटक सिंहदरबार छिर्दै

प्रदेशका गृहमन्त्रीहरु एकै पटक सिंहदरबार छिर्दै
सुन्नुहोस्

सात वटै प्रदेशका गृहमन्त्रीहरु आज एकै पटक सिंहदरबार जाने कार्यक्रम तय भएको छ । उनीहरु दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त रुपमा जान लागेको बताइएको छ ।

सातै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेट गरेर साझा विषयको उठान गर्न लागेका हुन् । उनीहरुले प्रधानमन्त्रीसँग प्रदेश प्रहरी र कर्मचारी समायोजनको माग गर्ने स्रोतले बताएको छ ।

त्यसपछि उनीहरुले साढे ३ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृह मन्त्रालयमा पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू