कारागारमा योग शिविर गर्ने सरकारको निर्णय, नख्खुबाट थालिने गृहको भनाई

कारागारमा योग शिविर गर्ने सरकारको निर्णय, नख्खुबाट थालिने गृहको भनाई
सुन्नुहोस्

सरकारले मुलुकभरका कारागारमा १० दिनको बृहत्त योग शिविर सञ्चालन गर्ने भएको छ । आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल परेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताइएको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतमा हिजो मन्त्रालयमा बसेको बैठकले उक्त अभियान अघि बढाउने निर्णय गरेको छ । मुलुकभरका कारागारमा योग शिविर सञ्चालन गर्ने उपप्रधानमन्त्री श्रेष्ठको अभियान नै रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

बैठकमा उपप्रधानमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानालगायतको उपस्थिति रहेको बताइन्छ । 

१० दिनको शिविर नख्खु कारागागरबाट प्रारम्भ गरिने उल्लेख छ । मुलुकभरका ७४ वटा कारागारमा करिब २५ हजार कैदीबन्दी छन् ।

टिप्पणीहरू