एमाले अध्यक्षसँगको भेटलगत्तै प्रधानमन्त्री लैनचौरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केहीबेरअघि सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको कुराकानीपछि प्रधानमन्त्री लैनचौरस्थित होटल मल्ल पुग्नुभएको हो ।
उहाँ होटलमा आयोजित एउटा वैवाहिक कार्यक्रममा सहभागी हुनुभएको बताइएको छ ।
त्यसअघि एमाले अध्यक्षसँगको भेटमा समसामयिक विषयमा छलफल भएको जानकारी दिइएको छ । एमाले स्रोतले टीआरसी विधेयकको टुंगो लगाउनेदेखि गणतन्त्रको विरोधमा देखिएका पछिल्ला गतिविधिबारे कुराकानी भएको जानकारी दियो ।
टिप्पणीहरू