‘चोर दुर्गे’ भन्दै आन्दोलनकारीले बाटो तताए
राजतन्त्र फर्काउने र बैंक तथा वित्तीय संस्थाको ऋण माफी गराउने योजनासहित आन्दोलनमा उत्रेको दुर्गा प्रसाईं नेतृत्वको समूहका सहभागीरुले बाटो तताएका छन् । गत साता बिहीबार राजधानीको बल्खुमा गरिएको प्रदर्शनमा सहभागी अधिकांश मधेश र तराईका वासिन्दा उनैैलाई सत्तोसराप गरेर घर फर्केका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, सांस्कृतिक बचाउ महाअभियान नेपालको आयोजनामा भइरहेको आन्दोलनको क्रममा हिजो गौशालामा ३८ जना घाइते भएका थिए । तीमध्ये अधिकांश महिला थिए भने घाइते धेरैजसो बारा र तराईका अन्य जिल्लाका थिए ।
काठमाडौंमा बढ्दै गएको चिसो, घाइते र शिथिल शरीर बोकेर उनीहरु दिक्क मान्दै आजदेखि काठमाडौंबाट हिँडेका हुन् । ‘सबैभन्दा चोर त यो दुर्गे पो रहेछ अब कहिल्यै यो आन्दोलनमा जान्नँ’ सहभागी सुनसरी समूहकी नेतृ शान्ती यादवले बताइन् ।
साँझ साढे ५ बजेको समयमा महिलाको एउटा समूह गौशालाको सेभेन स्टार प्वाइन्ट होटलबाट आफ्ना झोला र सामान बोकेर निस्केका हुन् । त्यहाँबाट आज साँझ मात्रै एक सय जना निस्केको उनीहरुको भनाई छ ।
उता प्रसाईंको भक्तपुरस्थित निवासमा काठमाडौं बाहिरबाट आएका दुई दर्जन जति नेता तथा कार्यकर्ता साँझ अबेरसम्म रहेको बताइन्छ । बिहीबारदेखि उनको निवास बाहिर झण्डै एक दर्जन सुरक्षाकर्मी खटाइएको छ ।
टिप्पणीहरू