होटलमा सामान राखेर अमेरिकी पाहुना सोझै बालुवाटार

बिहान ९ बजे काठमाडौं आइपुगेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहयोगी बालुवाटार पुगेकी छन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषदमा राष्ट्रपतिका निम्ति विशेष सहयोगीको रुपमा रहेकी एलियन लौबाचर प्रधानमन्त्री भेट्न गएकी हुन् ।
एअर इण्डियाको उडान नम्बर एआई २१३ मा नयाँ दिल्ली हुँदै काठमाडौं ओर्लिएकी दक्षिण एसिया हेर्ने वरिष्ठ निर्देशक लौबाचर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर
भोलि साँझ दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम छ । आजै दिउँसो खानापछि उनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले भेट्नेछन् । भेटमा क्षेत्रीय सुरक्षाका साथै,मानव अधिकार,तिब्बती शरणार्थी र रक्षा क्षेत्रमा सहयोग आदानप्रदानलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ ।
लौबाचार विमानस्थलबाट नागपोखरीस्थित होटल मेरियट पुगेपछि बालुवाटार गएकी हुन् ।
टिप्पणीहरू