प्रधानमन्त्रीलाई बदनाम गर्ने त्यो पत्र

प्रधानमन्त्रीलाई बदनाम गर्ने त्यो पत्र
सुन्नुहोस्

एकातिर परराष्ट्र मन्त्रालयको ६ गतेको लिखित दवाब, अर्कातिर आफूलाई वाणिज्य निर्देशकबाट हटाएको रिस फेर्न संस्थाको बदनामी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप २८ सम्मेलनमा भाग लिन मंसिर १३ गते दुबई उड्ने क्रममा नेपाल वायुसेवा निगमले  सर्वसाधारण यात्रुलाई छुटाउनुका दुई कारण हुन् ती । तर, धेरैलाई थाहा नभएको कथा हो– धान खाने मुसो, चोट पाउने च्यामे । 

नियमित उडान तालिकाभन्दा दुई घण्टाअघि नै प्रधानमन्त्री सवार हुने जहाज उडाउनका निम्ति परराष्ट्र मन्त्रालयबाट सेड्युलभन्दा २ घण्टा अगाडिको समय नै तोकेर  दिइएको लिखित दबाब ३१ इात्रुले त्यस दिन दुःख पाउनुका मुख्य कारक रहेको खुलासा भएको छ । रेमिट्यान्सले चलेको देशका श्रमिकहरुलाई विमानस्थलमै अलपत्र पारी जहाज अगाडी दुबई लगेर प्रधानमन्त्रीको निद्रा पु¥याउनका निम्ति लेखिएको पत्र र मन्त्रीको निरिहता यसमा मुख्य कारक देखिएको सुरक्षाकर्मीहरु बताउँछन् ।

केही समयअघि नेपाल वायुसेवा निगमको बाणिज्य निर्देशकबाट अर्को जिम्मेवारीमा सारिएका जनकराज कालाखेतीले प्रधानमन्त्री सामेल हुने सोही कार्यक्रममै भाग लिन जान लागेका एनजिओकर्मी प्रज्वल राणा नामक यात्रुका लागि आफैंले सीट बुक गराएका थिए । जहाजको उडान तालिका संशोधन भएपछि उनलाई निगमबाट अहिलेका वाणिज्य निर्देशक टंकनिधी दाहालदेखि टिकट जारी गर्ने ट्राभल एजेन्सीसम्मले फोन गरेर ९ः३० मा जहाज उड्ने जानकारी दिएका थिए ।

उता यात्रुमध्ये कतिपयले दुबईबाटै आतेजाते टिकट लिएका हुन्छन् । त्यसमा उनीहरुको त्यता चल्ने मोबाइल नम्बर हुन्छ, जुन नेपालमा चल्दैन । कामदारहरुको टिकट कुनै ट्राभल एजेन्सीबाट सामूहिक रुपमा लिने क्रममा कुनै एउटा नम्बर हालिन्छ जसमा अरुको सम्पर्क नम्बर हुँदैन । उक्त विमानबाट दुबई जाने दुई सय ७४ मध्ये दुई सय ४१ जना सम्पर्कमा आए । र, उनीहरु उडे पनि । तर, बाँकीसँग सम्पर्क नहुँदा उनीहरुलाई होटलमा राख्नुपरेको थियो । यसो हुनुमा वायुसेवा निगम दोषी भनी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतले दोष लगाएका छन् ।

भैरहवा र पोखरा विमानस्थल निर्माणका क्रममा अनेकन प्रश्नयोग्य काम गरेका उनीमाथि अहिले आफ्नो गल्ती ढाकछोप गर्न ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमबाट खोसेर अरु व्यापारीको मुख टाल्न र आफ्नो दोष ढाक्न खोजेको आरोप लागेको छ । उनले भैरहवाबाट बिना पूर्वाधार उडान शुरु गर्न निर्देशन दिँदै दिल्ली जाने नेवानिको नैनिक २ उडानलाई कटौती गराएर भारतीय कम्पनीको व्यापार बढाइदिएका थिए । उनकै सुपरभिजनमा अर्बौं लागत बढाएर निर्मित भैरहवा विमानस्थल आठ डिग्री बांगो छ । जहाँ विज्ञ प्रशिक्षक पाइलटबाहेक जोसुकैले ठूला जहाज उडान र अवतरण गराउन सक्दैन । प्राधिकरणमा आफूभन्दा सिनियर हाकिम डिसिएल कर्ण, प्रतापबाबु तिवारी, हंसराज पाण्डे, प्रेमनाथ ठाकुरहरु हुँदाहुँदै शक्तिकेन्द्र रिझाएर महानिर्देशक बन्ने उनै हुन् । पछिल्लो समय पर्यटन मन्त्री सुदन किरातीले कारवाही गर्न खोज्दा प्रधानमन्त्रीपुत्री गंगा र रेणुलाई लगाएर बचेका छन् । 

यसैबीच उनैले युरोपेली युनियनले नेपाली जहाजलाई आफ्नो आकाशमा उड्न नदिनुका पछाडि नेपाल वायुसेवा निगम दोषी भएको भनी संसद, पत्रकार र सरकारलाई ५ पेजको संक्षिप्त किर्ते रिपोर्ट देखाएर गुमराहमा राख्न थालेको मन्त्री किराँतीको गुनासो छ । जबकि, अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओले गरेको अध्ययनमा प्राधिकरणकै ५० वटा त्रुटी औंल्याइएको छ । उसको अध्ययनमा वायुसेवा निगमका २५ त्रुटीमध्ये अरु सच्चिएका छन् । बाँकी तीन सच्याउने क्रममा छन् । त्यस्तै, श्री एयरलाइन्सका १८ कमजोरी पनि औंल्याइएको छ ।

पोखरामा यति, सगरमाथा आधारशिविरमा मनाङ एयरको जहाज दुर्घटनाको जिम्मेवारी नेपाल वायुसेवाको हुन्छ कि लाइसेन्स र सेफ्टी हेर्ने नागरिक उड्डयनको ?  प्राधिकरणको हकमा महानिर्देशककै योग्यता, क्षमता नपुगेकोसम्म भनिएको छ । संस्थागत संरचना, हवाई सुरक्षा जस्ता यावत कामको जिम्मेवारी कुनै एक कम्पनी भन्दा निगमकै नियन्त्रणमा रहने कुरालाई हत्केलाले घाम छेकेजस्तै हालतमा पु¥याइएको बताइन्छ ।

 

टिप्पणीहरू