बौद्धिक चोरीको आरोप लागेपछि हार्वर्डका अध्यक्षद्वारा पद त्याग

बौद्धिक चोरीको आरोप लागेपछि हार्वर्डका अध्यक्षद्वारा पद त्याग
सुन्नुहोस्

विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयकी अध्यक्ष क्लडिन गेले राजीनामा दिएकी छिन् । 

बौद्धिक चोरी गरेको र यहुदी विद्यार्थीहरू हितमा काम नगरेको भन्दै चर्को आलोचना खेपिरहेकी उनले जिम्मेवारी त्यागेकी हुन् । अध्यक्ष गेले विश्वविद्यालयको सर्वोत्तम हितका लागि राजीनामाको निर्णय गरेको बताईन् । 

राजीनामा पत्रमा घृणाविरुद्ध लडाइँ र विद्वतापूर्ण अभ्यासलाई निरन्तरता दिने आफ्नो प्रतिबद्धतामा सन्देह राख्नु दु:खद विषय रहेको भन्दै उनले आफूलाई व्यक्तिगत धम्की आएको र रंगभेदी दुस्मनी साँधिएको दुखेसो पोखेकी छन् । 

गे हार्वर्डको अध्यक्ष हुने पहिलो अश्वेत महिलासमेत हुन् । हार्वर्डको अध्यक्ष हुनुअघि उनी मानव विज्ञान संकायकी डिन थिइन् ।

टिप्पणीहरू