इरानी बम बिस्फोटमा मारिनेको संख्या सय नाघ्यो

इरानी बम बिस्फोटमा मारिनेको संख्या सय नाघ्यो
सुन्नुहोस्

इरानको राजधानी तेहरानमा भएको बम विस्फोटमा एक सयभन्दा बढीको ज्यान गएको छ । पूर्व सैनिक कमाण्डर कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा गराइएको बम विस्फोटमा कम्तीमा १०३ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भीडमा लगातार भएका दुई वटा बम विस्फोटबाट दुई सय जना घाइते भएको बताइएको छ । पहिलो बम करिब ३ बजेतिर विस्फोट भएको थियो । दोस्रो बम त्यसको २० मिनेटपछि लगभग सात सयमीटर दूरीमा विस्फोट भएको इरानी टेलिभिजनहरुको समाचारमा उल्लेख छ । 

घटनाको जिम्मेवारी कसैले नलिएकाले आतंकवादी विस्फोट हुन सक्ने बिबिसीले जनाएको छ ।

टिप्पणीहरू