८० लाख चिनियाँ पर्यटक भित्र्याउने थाइल्याण्डको लक्ष्य, हाम्रो कति ?

८० लाख चिनियाँ पर्यटक भित्र्याउने थाइल्याण्डको लक्ष्य, हाम्रो कति ?

थाइल्याण्डले सन् २०२४ मा ८० लाख चिनियाँ भित्र्याउने लक्ष्य राखेको छ । थाइल्याण्डले आगामी मार्च १ देखि पनि चिनियाँ पर्यटकलाई अन अराइभल भिसा दिने बताएको छ । यसअघि अस्थायी र परीक्षणको रुपमा लागू गरिएको उक्त व्यवस्था फेब्रुअरी मसान्तमा सकिँदै छ । 

पछिल्लो व्यवस्थाका कारण दुई मुलुकबीच हवाई उडान थपिएको छ । यसले हवाई भाडा घटेकाले थप चिनियाँ पर्यटक थाइल्याण्ड जाने विश्वास लिइएको हो । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार गत वर्ष दुई करोड ८० लाख विदेशी पर्यटक थाइल्याण्ड गएका थिए । तीमध्ये ४५ लाख ६० हजार मलेसियन र ३५ लाख १० हजार चिनियाँ हुन् । यसबाट गत वर्ष थाइल्याण्डले ३४ करोड ५२ लाख अमेरिकी डलर आर्जन गरेको बताइन्छ । 

नेपालमा भने थप चिनियाँ पर्यटक भित्र्याउने सम्बन्धमा सरकारी पहल खासै भएको देखिँदैन । अन्य देशको तुलनामा छिमेकी मुलुक र चीन र भारतबाट धेरै पर्यटक भित्र्याउन आवश्यक पहल गर्नुपर्ने निजी क्षेत्रको निश्कर्ष छ ।

टिप्पणीहरू