भारतीय प्रधानमन्त्रीविरुद्ध जातिवादी टिप्पणी गरेपछि माल्दिभ्सका तीन मन्त्री निलम्बित

भारतीय प्रधानमन्त्रीविरुद्ध जातिवादी टिप्पणी गरेपछि माल्दिभ्सका तीन मन्त्री निलम्बित
सुन्नुहोस्

माल्दिभ्सका तीन जना मन्त्रीलाई पदबाट निलम्बन गरिएको छ । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध जातिवादी टिप्पणी गरेको आरोप लागेपछि निलम्बन गरिएको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले हालै गरेको माल्दिभ्स नजिकैको लक्ष्यदीप क्षेत्रको भ्रमणपछि ती मन्त्रीले अनावश्यक टिप्पणी गरेको बताइएको छ । मोदीले लक्ष्यदीपको भ्रमणबारे ट्वीटरमा फोटो हालेपछि माल्दिभ्सका मन्त्रीले चासो राख्दै टिप्पणी गरेको आरोप छ । 

प्राप्त समाचारमा मन्त्रीहरु मारियाम शियुना, माल्शा र हसन जिहान निलम्बित भएको उल्लेख छ । यसबारे थप जानकारी दिइएको छैन ।

 

टिप्पणीहरू