बंगलादेशमा सत्तारुढ दल विजयी, शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्रीको तयारी

बंगलादेशमा सत्तारुढ दल विजयी, शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्रीको तयारी

बंगलादेशमा हिजो भएको मतदानमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिग विजयी भएको छ । बहुमतपछि हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । हसिना सन् २००९ देखि सत्तामा छिन् । 

२ सय ९९ सिटको लागि भएको निर्वाचनमा अवामी लिग र उसको सहयोगी दल र उम्मेदवारले २ सय ५२ सिट जितेको छ । विपक्षी दल बंगलादेशी नेसनलिष्ट पार्टीले बहिष्कार गरेको निर्वाचनमा ४० प्रतशित मात्रै मत खसेको जनाइएको छ ।

टिप्पणीहरू