प्रथम राष्ट्रपति पुत्री लगातार चौथो पटक प्रधानमन्त्री बन्दै

प्रथम राष्ट्रपति पुत्री लगातार चौथो पटक प्रधानमन्त्री बन्दै
सुन्नुहोस्

बंगलादेशमा शेख हसिना लगातार चौथो पटक र समग्रमा पाँचौं पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

हिजो सम्पन्न आमनिर्वाचनमा हसिनाको पार्टी अवामी लिग विजयी भएपछि उक्त अवसर प्राप्त हुने निश्चित देखिएको हो । तीन सयमध्ये उक्त दल दुई सय चार सिटमा विजयी भएको छ ।

गोपालगञ्ज–३ बाट चुनाव लडेकी हसिनाले सर्वोच्च पार्टीका उम्मेदवार एम निजामुद्धिन लस्करलाई २ लाख ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी छन् । निर्वाचनमा जम्मा ४० प्रतिशत मतदान भएको छ । 

सन्  १९४७ सेप्टेम्बर २८ मा जन्मिएकी हसिना बंगलादेशका प्रथम राष्ट्रपति जनक बंगबन्धु शेख मुजीबुर रहमानकी छोरी हुन् । उनका पिता, माता र तीन भाई सन् १९७५ को एक सैन्य कारबाहीमा मारिएका थिए । 

सोही कारबाहीपछि हसिनाले राजनीतिक यात्रालाई सक्रिय रुपमा अघि बढाएकी थिइन् । सन् ८० को दशकमा बंगलादेशमा जनरल एर्सादको सैनिक शासनविरुद्ध आवाज चर्काउँदा उनले दर्जनांै पटक जेल सजायसमेत भोगेकी छन् । 

एजेन्सीको सहयोगमा ।

टिप्पणीहरू