चीनमा डेढ दशकमा ४५ हजार किलोमीटर हाइस्पिड ट्रेन ट्रयाक

चीनमा डेढ दशकमा ४५ हजार किलोमीटर हाइस्पिड ट्रेन ट्रयाक

चीनले उच्च गतिको रेल सञ्चालन गरेको १५ वर्षमा ४५ हजार किलोमीटर लामो हाइस्पिड ट्रेन ट्रयाक निर्माण गरेको छ । सन् २०२३ को अन्त्यसम्म चीनका अधिकांश प्रान्त र ठूला शहरमा उच्च गतिको रेल सेवा पुगेको बताइएको छ ।

चाइना स्टेट रेलवे कम्पनी लिमिटेडलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले लेखेको छ, ‘चीनमा कुल एक लाख ५९ हजार किलोमीटर लामो रेल सञ्जाल छ । त्यसमध्ये झण्डै एक तिहाई हाइस्पिड ट्रेनको हो ।’ 

पछिल्लो एक वर्षको अवधिमा चीनले बनाएको तीन हजार ६३७ किलोमीटर नयाँ लाइनमध्ये दुई हजार ७७६ किलोमिटर उच्च–गति रेल्वे लाइन हो ।

फाेटाे स्राेत : चाइना डेली ।

टिप्पणीहरू