३४ वर्षे अटल फ्रान्सेली प्रधानमन्त्रीको कुर्सीमा

३४ वर्षे अटल फ्रान्सेली प्रधानमन्त्रीको कुर्सीमा
सुन्नुहोस्

एलिजाबेथ बोर्नले पद छोडेसँगै गाब्रियल अटल फ्रान्सको प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोले हिजो उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

यसअघिकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले २० महिनाको कार्यकालपछि राजीनामा दिएसँगै ३४ वर्षीय अटल प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् ।  उनी आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत बनेका छन् । 

आगामी जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा आफूलाई सहज बनाउन राष्ट्रपति म्याक्रोंले उनलाई प्रधानमन्त्री बनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । 

२९ वर्षकै उमेरमा शिक्षामन्त्री बनेका अटल फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो समलिङ्गी पनि हुन् ।

टिप्पणीहरू