राजगद्दीमा बस्नुअघि राजारानीको चुम्बन

राजगद्दीमा बस्नुअघि राजारानीको चुम्बन

डेनमार्कमा नयाँ राजा फ्रेडरिक दशौं राजगद्दीमा बसेका छन् । ५२ वर्षका राजा फ्रेडरिक र उनकी रानी मारीले राजगद्दी सम्हाल्नुअघि चुम्बन गरेको फोटो सार्वजनिक भएको छ ।

यसअघिकी रानी तथा फ्रेडरिककी आमा मार्गेट द्वितीयले नयाँ वर्षको दिन गद्दी त्यागको घोषणा गरेकी थिइन् । फ्रेडरिकले राजगद्धी सम्हालेपछि राजारानीलाई हेर्न कोपनहेगनमा सर्वसाधारणको भीड लागेको थियो ।

क्रिस्टियनबर्ग दरबारको कौसीमा उभिएका राजारानीलाई सर्वसाधारणलाई सडकबाट नियालेका थिए ।

टिप्पणीहरू