जोर्डनको हवाई आक्रमणमा ९ सिरियाली मारिए
सिरियाको स्वीडामा जोर्डनले गरेको हवाई आक्रमणमा परेर ९ जनाको ज्यान गएको छ ।
जोर्डनका लडाकु विमानहरूले गएराती दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको हवाई आक्रमणमा ९ जनाको मृत्यु भएको हो ।
दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।
सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन मारिएका छन् । जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमा क्षेत्रमा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ ।
टिप्पणीहरू