रुसी राष्ट्रपति उत्तर कोरिया भ्रमणको तयारीमा

रुसी राष्ट्रपति उत्तर कोरिया भ्रमणको तयारीमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा जाने तयारी थालिएको छ । उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग राजधानी मस्कोमा भएको भेटमा आफू पोङ्याङ जान आतुर रहेको बताएका हुन् ।

रुसी राष्ट्रपतिले प्योङ्याङको भ्रमण गर्ने इच्छा व्यक्त गरेको उत्तर कोरियाली समाचार संस्थाले पनि जनाएको छ । विदेश मन्त्रीसँगको भेटमा पुटिनले युक्रेन युद्धमा रुसको समर्थन र ऐक्यबद्धता जनाएकामा उत्तर कोरियालाई धन्यवाद दिएका छन् । 

क्षेत्रीय मामिलामा अमेरिकालगायत पश्चिम मुलुकको दबाबविरुद्ध दुवै देश एक रहेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।
 

टिप्पणीहरू